64
काठमाडौँ, २६ चैत – भक्तपुरको खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा चैत्र २६ गते आयोजित आयुक्त पद प्रदान कवाज सम्पन्न भएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री वालेन्द्र शाहले कठिन तालिमपछि आयुक्त पद प्राप्त गर्न सफल नव अधिकृतहरूलाई बधाई दिँदै मातृभूमि र जनताप्रति समर्पित भएर कर्तव्य निर्वाह गर्न आग्रह गर्नुभयो।
उहाँले सैनिक आचरण, चेन अफ कमान्ड र अनुशासनको दायराभित्र रही जिम्मेवारीप्रति सदैव सजग र कर्तव्यनिष्ठ रहने विश्वास व्यक्त गर्नुभयो।
उक्त कार्यक्रममा अधिकृत आधार तालिममा सहभागी १८३ जना अधिकृत क्याडेटहरूले आयुक्त पद प्रदान कवाज प्रदर्शन गरेका थिए।
