आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News किरण पण्डित राष्ट्र बैंकको डेपुटी गभर्नर नियुक्त

किरण पण्डित राष्ट्र बैंकको डेपुटी गभर्नर नियुक्त

98

काठमाडौं, २४ चैत — नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक किरण पण्डित नियुक्त भएका छन्।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्र बैंकमा रिक्त रहेको दुई डेपुटी गभर्नर पदमध्ये एकमा पण्डितलाई नियुक्त गर्ने निर्णय गरेको हो।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल का अनुसार, अर्थ मन्त्रालयको प्रस्तावमा पण्डितलाई डेपुटी गभर्नर पदमा नियुक्त गरिएको हो।
पण्डितले विसं २०६२ सालमा नेपाल राष्ट्र बैंकको सेवामा प्रवेश गरेका हुन्।

उनी बैंक सुपरीवेक्षण विभाग, बैंक तथा वित्तीय संस्था नियमन विभाग, तथा वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा लगायत विभिन्न महत्त्वपूर्ण विभागहरूमा काम गरिसकेका अनुभवी अधिकारी हुन्।