आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News ४ करोडभन्दा बढीका भन्सार छलीका सामानसहित ३ वटा ट्रक नियन्त्रणमा

४ करोडभन्दा बढीका भन्सार छलीका सामानसहित ३ वटा ट्रक नियन्त्रणमा

101

ललितपुर, २३ चैत २०८२— प्रहरीले करिब साढे ४ करोड रुपैयाँ बराबरका भन्सार छलीका सामान बोकेका तीनवटा ट्रक नियन्त्रणमा लिएको छ।

विशेष सूचनाका आधारमा वीरगञ्ज–हेटौंडा हुँदै काठमाडौं उपत्यका भित्रिँदै गरेको सामानमाथि निगरानी बढाइएको थियो। सोही क्रममा चेकपोइन्ट खडा गरी जाँच गर्दा ललितपुरतर्फ आउँदै गरेका ट्रकहरूबाट बिल विजक नभएका, बिलसँग मेल नखाने तथा भन्सार कागजातसमेत नभएका सामान फेला परेका हुन्।

प्रहरीका अनुसार नियन्त्रणमा लिइएका सामानको अनुमानित मूल्य ४ करोड ५८ लाख ८२ हजार ३६३ रुपैयाँ रहेको छ। ती सामानसहित तीनवटै डिब्बावाला ट्रकलाई थप अनुसन्धान तथा कारबाहीका लागि राजश्व अनुसन्धान विभाग, हरिहरभवन पुल्चोक पठाइएको छ।

पक्राउ परेको ट्रकमा के के सामान रहेको छ सो कुरा खुलाइएको छैन |  समानसहित ट्रक र अन्य थप कुराको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।