आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News धरपकडविरुद्ध पर्सामा लेखापढी व्यवसायी आन्दोलित, सेवा ठप्प

धरपकडविरुद्ध पर्सामा लेखापढी व्यवसायी आन्दोलित, सेवा ठप्प

65

पर्सा,  २३ गते सोमबार २०८२ — पर्सा जिल्लाका विभिन्न सरकारी कार्यालयमा सेवा दिँदै आएका लेखापढी व्यवसायीहरूले सोमबारदेखि अनिश्चितकालीन हड्ताल सुरु गरेका छन्। नयाँ सरकार गठनपछि प्रहरीले बिचौलियाको आरोपमा विभिन्न कार्यालयबाट धरपकड थालेको विरोधमा उनीहरू आन्दोलनमा उत्रिएका हुन्।

गत शुक्रबार पोखरिया मालपोत कार्यालयबाट तीन जनालाई पक्राउ गरिएको घटनापछि नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन पर्साको आह्वानमा मालपोत, नापी, भूमिसुधार, अदालत तथा जिल्ला प्रशासन कार्यालयमा आफ्नो सेवा ठप्प परेका हुन् ।

एसोसिएसनका अध्यक्ष सुरेन्द्र प्रसाद यादवले बिना कारण कार्यालय परिसरभित्र र बाहिरबाट समेत पक्राउ गरिएको भन्दै विरोध जनाएका छन्। सरकारले दिएको भु–सेवा केन्द्र सञ्चालन अनुमति अनुसार काम गर्दा समेत धरपकड हुनु खेदजनक भएको उनको भनाइ छ।

पक्राउ परेका व्यवसायीहरूलाई तत्काल रिहा गर्न माग गर्दै जिल्लामा १ सय २१ भु–सेवा केन्द्र सञ्चालक र ४ सयभन्दा बढी लेखापढी व्यवसायी हड्तालमा सहभागी भएका छन्।