71
भैरहवा, २२ चैत — शंकर ग्रुपका सञ्चालक शुलभ अग्रवाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका लागि पक्राउ गरिएको छ। उनलाई भैरहवाबाट नियन्त्रणमा लिइएको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जनाएको छ।
विभागका अनुसार अग्रवाललाई पक्राउ गरी हाल विभागमै राखेर थप अनुसन्धान अघि बढाइएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा यसअघि पक्राउ परिसकेका व्यवसायी दीवक भट्ट सँगको सम्पर्कका आधारमा अग्रवालसमेत अनुसन्धानको दायरामा आएका हुन्।
भट्टविरुद्ध विभिन्न अभियोगमा अनुसन्धान जारी रहेको र उनी यसअघि नै नियन्त्रणमा परिसकेका छन्। सोही प्रकरणसँग सम्बन्धित भएर अग्रवालमाथि पनि छानबिन तीव्र पारिएको विभागले जनाएको छ।