आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News डोलप्रसाद अर्याल प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित

डोलप्रसाद अर्याल प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित

71

काठमाडौं, २२ चैत — प्रतिनिधिसभाको सभामुखमा डोलप्रसाद अर्याल निर्विरोध निर्वाचित भएका छन्। आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी ले अर्याल सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन्।

संसद् सचिवालयका अनुसार अर्यालको उम्मेदवारी प्रस्तावकमा रवि लामिछाने रहेका थिए भने समर्थकमा स्वर्णिम वाग्ले, सोविता गौतम र सुनील लम्साल रहेका थिए।

धादिङ निवासी अर्याल काठमाडौं–९ बाट निर्वाचित सांसद हुन्। उनको उम्मेदवारीमा अन्य कुनै प्रतिस्पर्धी नउठेपछि उनी निर्विरोध सभामुख चयन भएका हुन्।

नेपालको संविधानअनुसार प्रतिनिधिसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुख चयन गर्नुपर्ने व्यवस्था छ। प्रतिनिधिसभाको पहिलो बैठक १९ चैतमा सम्पन्न भएको थियो।