77
काठमाडौँ, २१ चैत – वीर अस्पतालले चिकित्सकलाई औषधि सिफारिस गर्दा कुनै कम्पनी वा ब्रान्ड नतोकी ‘जेनेरिक’ नाममै लेख्न निर्देशन दिएको छ। कार्यकारी निर्देशक प्रा.डा. दिलीप शर्माका अनुसार सिफारिस गर्दा लाइसेन्स नम्बर र हस्ताक्षर अनिवार्य गरिएको छ।
अस्पतालले औषधि प्रमोसन गर्ने एमआरलाई कार्यालय समयमा प्रवेश निषेध गरेको छ भने बिरामीलाई बाहिरका औषधि पसलबाट किन्न बाध्य पार्ने वा भिजिटिङ कार्ड बाँड्ने कार्य नगर्न चेतावनी दिएको छ। उल्लंघन गरेमा कारबाही गरिने जनाएको छ।
यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘हेलो सरकार’बाट आउने गुनासो व्यवस्थापनका लागि मातहतका ४६ स्वास्थ्य संस्थालाई ‘फोकल पर्सन’ तोक्न निर्देशन दिएको छ।