आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News लमजुङमा बोलेरो जिप दुर्घटना, २ जनाको मृत्यु, १२ घाइते

लमजुङमा बोलेरो जिप दुर्घटना, २ जनाको मृत्यु, १२ घाइते

82

लमजुङ, २१ चैत — मर्स्याङ्दी गाउँपालिका–७ उस्ताबेंसीमुनि शनिबार अपराह्न यात्रुबाहक बोलेरो जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।

बेंसीसहरबाट छिनखोलातर्फ जाँदै गरेको ग १ ज ६४७० नम्बरको जिप करिब साढे ४ बजेतिर उकालोको घुमाउरो सडकबाट करिब ४०–५० मिटर तल खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी मर्स्याङ्दी–७ उस्ताकी ४० वर्षीया त्रिवेणी घले र ३५ वर्षीया पुष्पा घलेको मृत्यु भएको हो। दुवै जनालाई उपचारका क्रममा बेंसीसहरस्थित प्रदेश अस्पताल लमजुङमा चिकित्सकले मृत घोषणा गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार घाइतेमध्ये उस्ताकै विमलादेवी घले, रिता गुरुङ र ७ वर्षीय सफल गुरुङलाई थप उपचारका लागि चितवन मेडिकल कलेजमा रिफर गरिएको छ।

अन्य घाइतेमध्ये केहीको अवस्था मध्यम र केहीको सामान्य रहेको प्रहरीले जनाएको छ। सबै घाइतेहरूको उपचार प्रदेश अस्पताल लमजुङमै भइरहेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।