106
वीरगंज, २१ चैत – हनुमान जयन्तिको अवसरमा शनिबार वीरगन्जमा भव्य शोभायात्रा निकालिएको छ। घण्टाघरबाट सुरु भएको यात्रामा महानगरका विभिन्न वडाबाट ठूलो संख्यामा सर्वसाधारणको सहभागिता रहेको थियो।
भगवा झण्डा, बाजागाजा र भगवान हनुमान जी को झाँकीसहित निकालिएको शोभायात्राले शहरका मुख्य क्षेत्रको परिक्रमा गरेको थियो। सहभागीहरूले “जय श्रीराम” का नारा लगाउँदै वीरगंज गुन्जायमान बनाएका थिए।
शान्ति सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो भने विभिन्न संघसंस्थाले भक्तजनका लागि पानी तथा सर्बत वितरण गरेका थिए। कार्यक्रममा पर्साका नव निर्वाचित सांसदहरू, भक्तजन,सुरक्षाकर्मी तथा सार्वसाधारणको समेत उपस्थिति रहेको थियो।
