आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक कार्यक्रम पुनः सुरु गर्ने

निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक कार्यक्रम पुनः सुरु गर्ने

87

काठमाडौं, २१ चैत – निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम भोलि आइतबारदेखि पुनः सञ्चालन गर्ने भएको छ। आयोगले यही चैत १८ गतेको बैठकमा उक्त कार्यक्रम पुनः थाल्ने निर्णय गरेको प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।

उनका अनुसार, राष्ट्रिय परिचयपत्र (नेपाली नागरिक परिचयपत्र) नम्बर प्राप्त भएका नेपालीले अनलाइनमार्फत आफ्नो विवरण प्रविष्ट गरी नाम दर्ता गर्न सक्नेछन्। तर, यदि नागरिकले राष्ट्रिय परिचयपत्र नबनाएका भए, उनीहरूले आयोगको ‘प्रि–इन्रोलमेन्ट’ प्रणाली प्रयोग गरी अनलाइन फाराम भरी फोटो, औँठाछापसहितको जैविक विवरण प्रस्तुत गर्नुपर्नेछ।

साथै, प्रदेश र जिल्ला निर्वाचन कार्यालयबाट समेत प्रत्यक्ष नाम दर्ता गर्न सकिने व्यवस्था गरिएको छ। आयोगले मतदाता दर्ता प्रक्रियामा सहजता ल्याउन यस कार्यलाई व्यापक रूपमा प्रचार गर्ने योजना बनाएको छ।