आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News त्रिभुवन विमानस्थल क्षेत्रमा यात्रुलाई हैरान गर्ने १८ जना नियन्त्रणमा

त्रिभुवन विमानस्थल क्षेत्रमा यात्रुलाई हैरान गर्ने १८ जना नियन्त्रणमा

74

काठमाडौँ, २१ चैत – काठमाडौँ प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रबाट यात्रुलाई दुःख र हैरानी दिने १८ जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक पवन भट्टराईका अनुसार गए राति गरिएको विशेष निगरानीका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो।

उनीहरू यात्रुलाई आफूले चिनेको होटलमा लैजाने, होटल तथा यात्रुबाट कमिसन लिने र विभिन्न किसिमले हैरानी दिने कार्यमा संलग्न रहेको पाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार नियन्त्रणमा लिइएका मध्ये १० जना यात्रुहरूसँग कमिसन असुल्ने तथा दुर्व्यवहार गर्ने गतिविधिमा संलग्न रहेको पुष्टि भएको छ।