108
वीरगन्ज, २० चैत — पर्साको पोखरियास्थित मालपोत कार्यालयबाट प्रहरीले सेवाग्राहीलाई हैरान पार्ने गतिविधिमा संलग्न रहेको आरोपमा तीन जना बिचौलियालाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय पोखरियाबाट शुक्रबार खटिएको टोलीले कार्यालयभित्र अनावश्यक रूपमा प्रवेश गरी सेवाग्राही तथा कर्मचारीलाई दुःख दिने गुनासो आएपछि उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेकाहरूको नाम सार्वजनिक गरिएको छैन भने उनीहरूले आफूलाई लेखापढी व्यवसायी भएको दाबी गरेका छन्। हाल तीनै जनालाई इलाका प्रहरी कार्यालयमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।