72
काठमाडौं, १९ चैत — सरकारले अबदेखि सबै सरकारी विज्ञापन तथा सूचनाहरू गोरखापत्र, रेडियो नेपाल र नेपाल टेलिभिजनजस्ता सरकारी सञ्चार माध्यममार्फत मात्र प्रकाशन तथा प्रसारण गर्न निर्देशन दिएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जारी गरेको निर्णय अनुसार संघ, प्रदेश र स्थानीय तहका सबै निकायमा यो व्यवस्था लागू हुनेछ।
यस निर्णयपछि निजी सञ्चार माध्यममा सरकारी विज्ञापन बन्द हुने भएको छ। सञ्चार क्षेत्रका सरोकारवालाहरूले यसले धेरै सञ्चार माध्यम बन्द हुने खतरा बढाउने भन्दै विरोध गरेका छन्।
नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले यसलाई प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने कदम भन्दै तत्काल निर्णय सच्याउन माग गरेकी छन्। उनले नसच्याए देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएकी छन्।
