आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News सहकारी ठगी प्रकरणमा रवि लामिछाने पर्सा जिल्ला अदालतमा हाजिर

सहकारी ठगी प्रकरणमा रवि लामिछाने पर्सा जिल्ला अदालतमा हाजिर

109

वीरगञ्ज, १८ चैत — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणसम्बन्धी मुद्दामा पर्सा जिल्ला अदालतमा उपस्थित भई तारेख बुझेका छन्।

बुधबार अदालत पुगेका उनले आवश्यक कानुनी प्रक्रिया पूरा गरी तारेख बुझेर फर्किएको अदालतले जनाएको छ।

अदालतका तहसिलदार देवराज भट्टराईका अनुसार, लामिछाने केही समय अदालतमा बसेपछि तारेख बुझी फर्किएका हुन्। पर्साको ‘सानो पाइला’ सहकारीसँग सम्बन्धित ठगी प्रकरणमा उनीविरुद्ध मुद्दा दर्ता भएको छ।

उक्त प्रकरणमा सहकारीका बचतकर्ताको रकम दुरुपयोग भएको आरोप लाग्दै आएको छ। यस विषयमा अनुसन्धान जारी रहेकाले अदालतमा नियमित रुपमा उपस्थित भई तारेख बुझ्ने प्रक्रिया अगाडि बढिरहेको बताइएको छ।

लामिछानेविरुद्धको मुद्दा सार्वजनिक चासोको विषय बनेको छ।