आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News प्रधानमन्त्री शाहद्वारा मधेस प्रदेशका सांसदहरूसँग छलफल 

प्रधानमन्त्री शाहद्वारा मधेस प्रदेशका सांसदहरूसँग छलफल 

99

काठमाडौं, १८ चैत — प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले विभिन्न प्रदेशका सांसदहरूसँगको छलफललाई निरन्तरता दिनुभएको छ। यसै क्रममा आज बुधबार उहाँले मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग भेटघाट गरी समसामयिक विषयमा विचार/ विमर्श गर्नुभएको हो।

प्रधानमन्त्री शाहले यसअघि सोमबार कोशी र कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफल गर्नुभएको थियो। त्यस्तै, मंगलबार सुदूरपश्चिम प्रदेशका प्रतिनिधि सभा सदस्यहरूसँग पनि उहाँले संवाद गर्नुभएको थियो।

प्रधानमन्त्रीको सचिवालयका अनुसार, यी भेटघाटहरूमा आर्थिक, सामाजिक, व्यवसायीक र प्रदेशगत विकास, जनचासोका विषय तथा संघ–प्रदेश समन्वयलाई प्रभावकारी बनाउने विषयमा केन्द्रित छलफल भएको छ।