81
काठमाडौँ, १५ चैत – आज आइतवार बजारमा सुन र चाँदीको मूल्यमा उल्लेखनीय वृद्धि देखिएको छ।
सुनको मूल्य प्रतितोला ५ हजार रुपैयाँले बढेर २ लाख ८६ हजार रुपैयाँ पुगेको छ। अघिल्लो शुक्रबार यो मूल्य २ लाख ८१ हजार रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ५० रुपैयाँले बढेर ४ हजार ७ सय २० रुपैयाँ पुगेको छ। अघिल्लो शुक्रबार चाँदीको मूल्य ४ हजार ६ सय ७० रुपैयाँ थियो, नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।