आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News पूर्वप्रधानमन्त्री ओलीसहित पूर्व गृहमन्त्री पक्राउ

पूर्वप्रधानमन्त्री ओलीसहित पूर्व गृहमन्त्री पक्राउ

91

काठमाडौं, १४ चैत — पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक लाई प्रहरीले ‘हेलचक्र्याईं गरी ज्यान मारेको’ अभियोगमा पक्राउ गरेको छ।

जेनजी आन्दोलनका क्रममा नागरिकको ज्यान गएको घटनाको आरोपमा प्रहरीले शनिबार बिहान पक्राउ गरेपछि ओलीले प्रतिशोधपूर्ण पक्राउ भनेका हुन् ।

तीन दिनअघि सार्वजनिक भएको जाँचबुझ आयोगको प्रतिवेदनले उनीहरूबाट गम्भीर लापरवाही भएको निष्कर्ष निकालेको थियो। उक्त प्रतिवेदनले सोही लापरवाहीका कारण ज्यान गुमाउने घटना भएको स्पष्ट उल्लेख गरेको छ।

जेन जी आन्दोलन आयोगले पूर्वप्रधानमन्त्री ओली, तत्कालीन गृहमन्त्री लेखक, साथै पूर्व प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ लगायतमाथि मुलुकी अपराध संहिता आकर्षित हुने ठहर गरेको थियो।

प्रहरीले मुलुकी अपराध संहिताका दफा २८१, २८२ र २८३ अन्तर्गत कारबाही अघि बढाएको जनाएको छ। यी दफाहरूमा ‘हेलचक्र्याईं गरी ज्यान मार्न नहुने’ व्यवस्था गरिएको छ। यस्तो कसुर प्रमाणित भएमा अधिकतम ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने कानुनी प्रावधान छ।

यसैबीच, नवनियुक्त प्रधानमन्त्री बालेन शाह ले शपथ लिएको केही घण्टामै बसेको मन्त्रिपरिषद् बैठकले महत्वपूर्ण निर्णय गरेको छ। बैठकले सुरक्षाकर्मी बाहेकका व्यक्तिहरूका हकमा गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको हो।

ओलीले आफूलाई पक्राउ गर्नु प्रतिशोधपूर्ण भएको बताएका छन् ।