82
काठमाडौं, चैत १२ — राष्ट्रिय स्वतन्त्र पार्टी का बरिष्ट नेता बालेन शाहलाई प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण गराउने तयारी तीव्र पारिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मुख्य सचिवलाई आवश्यक व्यवस्थापन मिलाउन औपचारिक अनुरोध गरेपछि शपथ कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको हो।
आज चैत १२ गते नव निर्वाचित सांसदहरूको शपथ ग्रहण कार्यक्रम दिउसो २ बजे सम्पन्न हुँदैछ। सोही प्रक्रियापछि भोलि चैत १३ गते बालेन शाहले प्रधानमन्त्रीका रूपमा शपथ लिने कार्यक्रम तय गरिएको स्रोतले जनाएको छ।
शपथ ग्रहणपछि बालेन शाहले भोलि नै दिउँसो सवा २ बजे सिंहदरबारमा पद बहाली गर्ने तयारी गरेका छन्। पद बहालीसँगै नयाँ सरकार गठन र कार्यसम्पादनको प्रारम्भिक रूपरेखा सार्वजनिक गर्ने स्रोतले जनाएको छ।