आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Uncategorized पेट्रोलियम पदार्थमा फेरि मूल्यवृद्धि, प्रतिलिटर १५ रुपैयाँ बढ्यो

पेट्रोलियम पदार्थमा फेरि मूल्यवृद्धि, प्रतिलिटर १५ रुपैयाँ बढ्यो

87

काठमाडौं, १२ चैत २०८२— नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ। निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँले मूल्य वृद्धि गरेको हो।

निगमले पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १८४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १८६ रुपैयाँ र तेस्रो वर्गमा १८७ रुपैयाँ तथा डिजेल/मट्टितेलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १६४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १६६ रुपैयाँ र तेस्रो वर्गमा १६७ रुपैयाँ तोकेको छ।

निगमका अनुसार नयाँ मूल्य आज बिहीबार राति १२:०१ बजेदेखि लागू भएको छ। इन्डियन आयल कर्पोरेसन (आईओंसी) लाई समयमै भुक्तानी गर्न नसक्दा आपूर्ति व्यवस्थापन प्रभावित हुने जोखिम देखिएकाले मूल्य समायोजन गर्नुपरेको जनाइएको छ।

मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य उच्च भएको निगमको भनाइ छ। पछिल्लो १५ दिनमै करिब ५ अर्ब रुपैयाँ घाटा व्यहोरेको निगमले आगामी १५ दिनमा थप १५ अर्ब रुपैयाँ घाटा हुने प्रक्षेपण गरेको छ।