94
काठमाडौं, ११ चैत २०८२।
बालेन्द्र साह नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रधानमन्त्रीमा नियुक्त हुन लागेका साहले शुक्रबार पद तथा गोपनीयताको सपथ लिने भएका छन्।
प्रधानमन्त्री नियुक्ति पश्चात् हुने सपथग्रहण कार्यक्रम शुक्रबार दिउँसो १२ बजेर ३४ मिनेटका लागि तय गरिएको स्रोतले जनाएको छ। उक्त समयलाई विशेष साइतका रूपमा चयन गरिएको बताइएको छ।
सपथग्रहण कार्यक्रमलाई धार्मिक तथा सांस्कृतिक रूपमा भव्य बनाउने तयारी गरिएको छ। कार्यक्रमअनुसार ७ जना ब्राह्मणद्वारा शंखनाद गरिनेछ भने १०८ जना बटुकहरूले स्वस्ति वाचन गर्नेछन्। त्यस्तै, १०७ जना बौद्ध लामा गुरुहरूबाट मंगल वाचन गराइने कार्यक्रम रहेको छ।