83
काठमाडौँ, ११ चैत २०८२- ठमेल क्षेत्रबाट प्रहरीले २० युवतीलाई पक्राउ गरेको छ। उनीहरू वेश्यावृत्ति लगायत अनैतिक गतिविधिमा संलग्न रहेको आरोपमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
प्रहरीका अनुसार ठमेल घुम्न आउने पर्यटकहरूलाई सार्वजनिक स्थलमै हैरानी दिने तथा पैसामा बार्गेनिङ गर्ने गरेको सूचनाका आधारमा उक्त कारबाही गरिएको हो। सोही सूचनाको आधारमा प्रहरी टोलीले निगरानी बढाई उनीहरूलाई पक्राउ गरेको बताइएको छ।
पक्राउ परेका युवतीहरूलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालयबाट १२ दिनसम्म थुनामा राख्न अनुमति प्राप्त भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन कुमार भट्टराईले जानकारी दिए।
