54
काठमाडौँ, १० चैत २०८२- साताको तेस्रो दिन मङ्गलवार सुनको मूल्य घटेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १६ सय रुपैयाँले घटेको हो ।
अघिल्लो दिन प्रतितोला २ लाख ७५ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज १६ सय रुपैयाँले घटेर २ लाख ७३ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य ८० रुपैयाँले बढेर प्रतितोला ४ हजार ५ सय ५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।