वीरगंज, १० चैत २०८२— विश्व क्षयरोग दिवसको अवसरमा स्वास्थ्य कार्यालयको आयोजनामा वीरगंज महानगरपालिकासँगको समन्वय तथा बागमती सेवा समाजको सहयोगमा एक विशेष कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रममा विभिन्न संघ–संस्था, स्वास्थ्यकर्मी, विद्यार्थी तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा क्षयरोग नियन्त्रण, जनचेतना अभिवृद्धि तथा रोग निवारणका उपायहरूबारे जानकारीमूलक प्रस्तुति तथा छलफल गरिएको थियो।
कार्यक्रमलाई सफल बनाउन वीरगंज नर्सिङ क्याम्पस र हिमाल टेक्निकल इन्स्टिच्युटले सक्रिय भूमिका निर्वाह गरेका थिए। आयोजकले उनीहरूको योगदानप्रति हार्दिक आभार व्यक्त गरेका छन्।

त्यसैगरी, नेपाल प्रहरी, सञ्चारकर्मीहरू तथा कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरूको सहयोग र सहभागितालाई पनि विशेष रूपमा धन्यवाद दिइएको छ।
कार्यक्रमका वक्ताहरूले सबै पक्षको सहकार्य, प्रतिबद्धता र निरन्तर प्रयासबाट मात्र क्षयरोग नियन्त्रण सम्भव हुने बताएका थिए। उनीहरूले क्षयरोगमुक्त समाज निर्माणका लागि सामूहिक पहल आवश्यक रहेकोमा जोड दिएका थिए।
कार्यक्रमको समापन हुदै गर्दा सबैलाई क्षयरोग विरुद्धको अभियानमा हातेमालो गर्न आह्वान गरेका छन्।
