104
आज छापावाल सुनको मूल्य घटेको छ | मूल्य घटेर प्रतितोला २ लाख ८२ हजार कायम भएको छ । शुक्रबार प्रतितोला २ लाख ९४ हजार ५ सय कायम सुन आज तोलामै १२ हजार ५ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको मूल्य प्रतितोला ४ हजार ५ सय ४० रुपैयाँ तोकिएको छ । चाँदीको मूल्य पनि घटेको हो । शुक्रबार चाँदी प्रतितोला ४ हजार ८ सय ९५ रहेको थियो ।