111
काठमाडौं, ७ चैत — पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सिंगापुरबाट हङकङ प्रस्थान गरेका छन्। नियमित स्वास्थ्य उपचारका लागि सिंगापुर गएका देउवा थप उपचारको लागि हङकङ प्रस्थान गएका हुन्।
देउवा गत फागुन १३ गते उपचारका लागि सिंगापुर प्रस्थान गरेका थिए। सिंगापुरमा आवश्यक स्वास्थ्य जाँच तथा उपचार सकेपछि थप उपचारका साथै पारिवारिक भेटघाटका लागि उनी हङकङ पुगेका हुन्।
उनले हङकङमा पनि आवश्यक स्वास्थ्य उपचार गराउने र पारिवारिक भेटघाट गर्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ। त्यहाँका सबै काम र उपचार सकिएपछि देउवा स्वदेश फर्किने बताइएको छ।