90
खोटांङ्, ४ चैत
खोटाङमा एयर डाइनेस्टीको ९ एन–एएफक्यू हेलिकप्टर बुधबार मध्यान्ह अवतरण गर्ने क्रममा केपिलासगढी–२ खार्ताम्छाको बालाबेसीमा दुर्घटनाग्रस्त भयो। काठमाडौंबाट ५ यात्रु बोकेर गएको हेलिकप्टर ११:५१ बजे पल्टिएको हो।
दुर्घटनामा काजीबहादुर राई सामान्य घाइते भएका छन् भने अन्य यात्रु र चालक दल सुरक्षित छन्। घाइतेलाई अर्को हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ।