64
काठमाडौं, चैत ४ —बजारमा सुन तथा चाँदीको मूल्यमा गिरावट आएको छ। बुधबार सुनको मूल्य प्रतितोला २२ सय रुपैयाँले घटेर तीन लाख ७ हजार ७ सय रुपैयाँ कायम भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन सुन प्रतितोला तीन लाख ९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ। बुधबार चाँदी प्रतितोला १ सय ८५ रुपैयाँले ओरालो लाग्दै पाँच हजार १ सय ५० रुपैयाँमा झरेको छ। अघिल्लो दिन चाँदी प्रतितोला पाँच हजार ३ सय ३५ रुपैयाँमा किनबेच भएको थियो।