आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News इनिसा बिकका लागि न्याय माग्दै माइतीघरमा प्रदर्शन

इनिसा बिकका लागि न्याय माग्दै माइतीघरमा प्रदर्शन

69

काठमाडौं, २ चैत ।
दलित जेन–जी अलायन्स को आयोजनामा सुर्खेत की १६ वर्षीया इनिसा बिक का लागि न्यायको माग गर्दै सोमबार माइतीघर मण्डला मा प्रदर्शन गरिएको छ।

प्रदर्शनमा सहभागीहरूले इनिसा बिकको घटनामा संलग्नलाई कडा कारबाही गर्न र पीडितलाई न्याय दिलाउन सरकारसँग माग गरेका छन्। उनीहरूले प्लेकार्ड बोकेर तथा नारा लगाउँदै घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन आग्रह गरेका छन्।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ स्थित जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा फेला परेकी १६ वर्षीया इनिशाको बलात्कारपछि हत्या भएको थियो |