85
काठमाडौं, २ चैत
माइतीघर मण्डला मा जेन–जी अभियन्ताहरूले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै निरन्तर प्रदर्शन गरेका छन्।
प्रदर्शनकारीहरूले प्रतिवेदन सार्वजनिक नगर्नु पारदर्शिता र नागरिकको सूचनाको अधिकारविपरीत भएको बताएका छन्। उनीहरूले प्लेकार्डसहित नारा लगाउँदै प्रतिवेदन सार्वजनिक गरी आवश्यक कारबाही गर्न सरकारसँग माग गरेका छन्।
अभियन्ताहरूले प्रतिवेदन सार्वजनिक नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्।

