आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News डा. सिके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा

डा. सिके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा

53

काठमाडौं, २ चैत — सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन्।

सोमबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको सन्देशमा सीके राउतले अब पदको राजनीतिबाट टाढा रहने तर जनताको अधिकार र पहिचानका लागि संघर्षको राजनीति भने निरन्तर जारी राख्ने बताएका छन्।

जनमत पार्टीका अध्यक्षसमेत रहेका राउतले आफूले दुई पटक संसदीय निर्वाचन लडेको उल्लेख गर्दै एक पटक जित र एक पटक हार व्यहोरेको बताए। उनले दुवै निर्णयप्रति आफू सन्तुष्ट रहेको पनि उल्लेख गरेका छन्।

राउतले अब संसदीय वा पदको राजनीतिबाट विश्राम लिने तर समग्र राजनीतिबाट भने अलग नहुने स्पष्ट पारेका छन्। उनले आफ्नो सिद्धान्त, एजेन्डा र जनताको अधिकारका लागि निरन्तर संघर्ष गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।