आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News प्रचण्डद्वारा इनिशा बिक घटनामा छिटो र निष्पक्ष छानबिनको माग

प्रचण्डद्वारा इनिशा बिक घटनामा छिटो र निष्पक्ष छानबिनको माग

89

काठमाडौँ, २८ फागुन –  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुर्खेतमा १६ वर्षीया इनिशा बिकमाथि भएको सामूहिक बलात्कारपछि हत्या भएको घटनाको निष्पक्ष, छिटो र प्रभावकारी छानबिन गर्न सरकारसँग माग गरेका छन्।

सामाजिक सञ्जालमार्फत उनले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारप्रति समवेदना व्यक्त गरेका छन्।

इनिशा गुर्भाकोट नगरपालिका–६ बडाखोलीकी हुन् र हाल वीरेन्द्रनगर–१ मा बस्दै आएकी थिइन्। उनी गत फागुन २३ गते सामुदायिक वनमा बेहोस अवस्थामा फेला परेकी थिइन् र अस्पताल पुर्‍याउँदा मृत घोषणा गरिएको थियो। प्रहरीले बलात्कारपछि हत्या गरेको आरोपमा चार जनालाई पक्राउ गरेको जनाएको छ।