90
काठमाडौं, २६ फागुन — पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई भारत भ्रमणमा जाने भएका छन्। उनी भोलि बुधबार भारतको नयाँ दिल्ली प्रस्थान गर्ने उनको सचिवालयले जनाएको छ।
नयाँ दिल्लीमा आयोजना हुने ‘एनएक्सटी २०२६’ ग्लोबल समिटमा सहभागी हुन भट्टराई भारत जान लागेका हुन्। उक्त समिट नयाँ दिल्लीस्थित भारत मण्डपममा मार्च १२, १३ र १४ तारिखमा आयोजना हुँदैछ।
भट्टराई सो समिटमा ‘गेस्ट अफ अनर’ (विशिष्ट अतिथि) का रूपमा सहभागी हुने उनको सचिवालयले जनाएको छ।