आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News न्यायालय सुधारको बाटोमा अघि बढिरहेको छौँ : न्यायाधीश सपना प्रधान मल्ल

न्यायालय सुधारको बाटोमा अघि बढिरहेको छौँ : न्यायाधीश सपना प्रधान मल्ल

83

काठमाडौं, २६  फागुन — सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले न्यायालय सुधारको दिशामा अघि बढिरहेको बताएकी छन्। अन्तर्राष्ट्रिय महिला दिवस तथा महिला न्यायाधीश दिवसको अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले न्यायपालिका सुदृढीकरणका लागि प्रयास भइरहेको उल्लेख गरिन्।

उनले प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले पनि न्यायपालिकालाई वास्तविक अर्थमा जीवित र समावेशी संस्थाका रूपमा स्थापित गर्न प्रयास गरिरहेको बताइन्। न्यायाधीश मल्लका अनुसार न्याय सम्पादन कुनै पनि प्रकारको डर, दबाब वा धम्कीको प्रभावमा हुन नसक्ने स्पष्ट पारिन्।

मुलुकमा सुशासन र समावेशीतालाई सुनिश्चित गर्न न्यायिक प्रक्रिया निष्पक्ष र निर्भीक हुनुपर्ने उनले जोड दिइन्। “न्याय सम्पादन गर्दा कुनै पनि डर वा धम्कीको प्रभावमा नपरी काम गर्नुपर्छ,” उनले भनिन्।

कार्यक्रममा बोल्दै उनले न्यायको खोजीमा अदालत आउने प्रत्येक व्यक्तिलाई सम्मानजनक व्यवहार गर्नुपर्ने आवश्यकता पनि औंल्याइन्। सम्बन्धित सबै पक्षलाई सेवाग्राहीप्रति संवेदनशील र जिम्मेवार हुन उनले सचेत गराइन्।