आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News बजारमा सुनको मूल्य बढ्यो, प्रतितोला ३ लाख १७ हजार रुपैयाँ

बजारमा सुनको मूल्य बढ्यो, प्रतितोला ३ लाख १७ हजार रुपैयाँ

94

काठमाडौं, २६ फागुन –  नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ३ हजार ८ सय रुपैयाँले वृद्धि भई ३ लाख १७ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार भने सुनको मूल्य प्रतितोला ३ लाख १३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्यमा भने गिरावट आएको छ। चाँदीको मूल्य प्रतितोला ३ सय १० रुपैयाँले घटेको महासंघले जनाएको छ।
हाल चाँदी प्रतितोला ५ हजार ७ सय २० रुपैयाँमा कारोबार भइरहेको छ।