आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News मोदी–रवि–बालेनबीच टेलिफोन वार्ता

मोदी–रवि–बालेनबीच टेलिफोन वार्ता

65

काठमाडौँ, २६ फागुन –  भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सँग रबि लामिछाने र बालेन शाह बीच टेलिफोन संवाद भएको छ। साथै संवादपछि मोदीले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को निर्वाचन सफलताका लागि दुवै नेतालाई बधाई दिएका छन् र बन्ने नयाँ सरकारका लागि शुभकामना व्यक्त गर्दै भारत सरकारका तर्फबाट साझा प्रगति, समृद्धि र जनकल्याणका लागि सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्।

मोदीले आगामी वर्षहरूमा भारत र नेपाल बीचको सम्बन्ध संयुक्त प्रयासमार्फत अझ उच्च स्तरमा पुग्ने विश्वास पनि व्यक्त गरेका छन्।

त्यस्तै लामिछानेले नेपाली जनताले दिएको लोकतान्त्रिक म्यान्डेटलाई सम्मान गरेकोमा मोदीलाई धन्यवाद दिँदै रास्वपाले अघि सारेको विकास–कूटनीतिलाई प्राथमिकता दिने र पारस्परिक सम्मान तथा साझा समृद्धिका लागि सहकार्य गर्ने बताएका छन्।

लामिछाने र बालेनले कनेक्टिभिटी, ऊर्जा, व्यापार तथा सांस्कृतिक पर्यटनका क्षेत्रमा मिलेर काम गर्दै दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने इच्छा व्यक्त गरेका छन्।