काठमाडौँ, २५ फागुन – प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले काठमाडौं उपत्यकामा कार्यरत प्रहरी कर्मचारी तथा कार्यालय प्रमुखहरूलाई विशेष निर्देशन दिनुभएको छ।
प्रहरी स्रोतका अनुसार, यो निर्देशन विशेष गरी निर्वाचन सम्पन्न भएपछि सम्भावित परिस्थिति र त्यसमा प्रहरीको भूमिकासँग सम्बन्धित छ। आईजीपी कार्कीले उपत्यकामा शान्ति, सुव्यवस्था र कानुनको शासन कायम राख्न प्रहरी कर्मचारीहरूले सतर्क रहनुपर्नेमा जोड दिनुभएको छ।
निर्देशनको क्रममा उनले प्रहरीहरुलाई आगामी गतिविधिहरूमा सहयोग, निगरानी, र आवश्यक सुरक्षा व्यवस्थापनमा सक्रिय भूमिका निर्वाह गर्न सुझाव दिनुभएको अधिकारीहरूले जानकारी दिएका छन्। यसले स्थानीय प्रशासन र प्रहरीबीच समन्वय मजबुत पार्न मद्दत पुग्ने विश्वास गरिएको छ।
आईजीपी कार्कीले प्रहरी कर्मचारीहरुलाई सार्वजनिक स्थलमा सुरक्षित वातावरण सुनिश्चित गर्न, भीडभाडको व्यवस्थापन गर्न, र कुनै पनि आपतकालीन परिस्थितिमा तत्पर रहन विशेष रूपमा आग्रह गर्नुभएको छ।
प्रहरी अधिकारीहरूले भने, “निर्वाचनपछि संभावित विवाद वा असामान्य घटनालाई नियन्त्रण गर्न यस प्रकारको निर्देशन आवश्यक थियो। त्यसैले हामीले जनताको सुरक्षा र शान्ति कायम राख्न पूर्ण तयारी गर्नुपर्ने छ।” भने कुरा ब्यक्त गरेका हुन् |
