आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News राष्ट्रियसभाका नवनिर्वाचित सदस्यद्वारा शपथ ग्रहण

राष्ट्रियसभाका नवनिर्वाचित सदस्यद्वारा शपथ ग्रहण

95

काठमाडौँ, २५ फागुन – सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रियसभामा नवनिर्वाचित सदस्यले आज शपथ ग्रहण गर्नुभएको छ।

यही माघ ११ गते सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचनबाट निर्वाचित भएका १८ मध्ये १७ जना सदस्यलाई आयोजित कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले शपथ गराउनुभयो।

कुल ५९ सदस्य रहेको राष्ट्रियसभामा सदस्यको पदावधि ६ वर्षको हुन्छ भने प्रत्येक दुई वर्षमा एक तिहाइ सदस्यको पदावधि समाप्त हुने संवैधानिक व्यवस्था छ।

कार्यक्रममा शपथ लिने सदस्यहरुमा खम्मबहादुर खाती, गीता देवकोटा, चन्द्रबहादुर केसी, जगत तिमल्सिना, धर्मेन्द्र पासवान, प्रेमप्रसाद दङ्गाल, महन्थ ठाकुर, रञ्जित कर्ण, रामकुमारी झाँक्री, रेखाकुमारी झा, रोश्नी मेचे, ललितजङ्ग शाही, लिलाकुमारी भण्डारी, वासुदेव घिमिरे, सम्झना देवकोटा, सुनिलबहादुर थापा र सोमनाथ पोर्तेल रहेका छन्।
आज अनुपस्थित सदस्य मीनासिंह रखाल कार्यक्रममा उपस्थित हुन सक्नु भएन।