सप्तरी, २५ फागुन – नेपाल प्रहरी अन्तर्गतको जिल्ला प्रहरी कार्यालय सप्तरी ले जेन -जी आन्दोलनका क्रममा कारागारबाट फरार रहेका एक जना कैदीलाई पक्राउ गरेको जनाएको छ।
प्रहरीका अनुसार जबर्जस्ती करणी मुद्दामा १० वर्ष कैद सजाय भोगिरहेका सिरहा कन्चनपुर नगरपालिका–६ घोधनपुर निवासी ४४ वर्षीय डोरला भनिने समिउल्लाह मियाँ जेन -जी आन्दोलनका क्रममा २०८२ भदौ २३/२४ गते झुम्का कारागार सुनसरीबाट फरार भएका थिए।
विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कञ्चनपुर बाट खटिएको प्रहरी टोलीले उनलाई कञ्चनपुर नगरपालिका–७ बलुवा टोल स्थित क्षेत्रमा लुकीछिपी बसेको अवस्थामा फागुन २४ गते साँझ ७:२० बजे पक्राउ गरेको प्रहरीले जनाएको छ।
पक्राउ परेका मियाँलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी आज पुनः झुम्का कारागार पठाइएको जानकारी प्रहरीले दिएको छ।
प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरी ले हस्ताक्षर गरेको विज्ञप्तिमार्फत उक्त जानकारी सार्वजनिक गरिएको हो।
