आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News ओलीलाई नेतृत्व छाड्न सुझाव, एमालेभित्र आन्तरिक छलफल सुरु

ओलीलाई नेतृत्व छाड्न सुझाव, एमालेभित्र आन्तरिक छलफल सुरु

108

काठमाडौँ, २५ फागुन –
प्रतिनिधि सभा निर्वाचनमा झापामा रास्वपाका उम्मेदवार बालेन्द्र शाह (बलेन ) संग लज्जास्पद पराजयपछि केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले भित्र नेतृत्व परिवर्तनको चर्चा सुरु भएको छ। पार्टीभित्र ओलीलाई सहज रूपमा राजीनामा दिएर अध्यक्ष पद छाड्न आग्रह गर्ने तयारी भइरहेको स्रोतले जनाएको छ।

स्रोतका अनुसार उपाध्यक्ष विष्णु पौडेल नेतृत्व परिवर्तनका लागि सक्रिय भएका छन्। उनले केही पदाधिकारीहरूसँग यस विषयमा प्रारम्भिक छलफलसमेत गरेका छन्। तर महासचिव शंकर पोखरेल र सचिवहरू भानुभक्त ढकाल, महेश बस्नेत तथा राजन भट्टराई भने ओलीकै निरन्तरता चाहने पक्षमा रहेका बताइएको छ।

सकेसम्म ओलीलाई सम्मानजनक रूपमा नेतृत्व छाड्न राजी गराउने प्रयास हुने स्रोतको भनाइ छ। तर उनी तयार नभए पार्टी विधानअनुसार विशेष महाधिवेशनमार्फत नेतृत्व परिवर्तनको प्रक्रिया अघि बढ्न सक्ने सम्भावना रहेको जनाइएको छ।