आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News तत्कालीन प्रधानमन्त्री ओलीविरुद्ध फौजदारी मुद्दा चलाउन सिफारिस

तत्कालीन प्रधानमन्त्री ओलीविरुद्ध फौजदारी मुद्दा चलाउन सिफारिस

131

काठमाडौं, २४ फागुन — भदौ २३ र २४ गते घटेका घटनाको जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध फौजदारी कसूरको अभियोग लगाएर मुद्दा चलाउन सरकारलाई सिफारिस गरेको छ।

स्रोतका अनुसार आयोगले तयार पारेको जाँचबुझ प्रतिवेदन आज प्रधानमन्त्रीलाई बुझाइएको छ। प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री ओलीलाई घटनाप्रति राष्ट्रिय स्तरमा जिम्मेवार ठहर गर्दै उनीविरुद्ध कानुनी कारबाही अघि बढाउन सिफारिस गरिएको उल्लेख गरिएको छ।

त्यसैगरी प्रतिवेदनमा तत्कालीन काठमाडौं जिल्ला सुरक्षा समितिका प्रमुखलाई पनि जिल्ला स्तरमा जिम्मेवार ठहर गर्दै आवश्यक कारबाही गर्न सिफारिस गरिएको बताइएको छ।

यदि सरकारले आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेमा तत्कालीन प्रधानमन्त्री ओलीविरुद्ध फौजदारी अभियोग दर्ता गरेर मुद्दा चलाउने बाटो खुल्नेछ। प्रचलित कानुनी व्यवस्थाअनुसार धेरैजसो फौजदारी कसूरका मुद्दामा आरोपीलाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान तथा सुनुवाइ प्रक्रिया अघि बढाइने व्यवस्था छ।

यस आधारमा अदालतले उनीविरुद्ध लगाइने अभियोगको प्रकृति हेरेर पुर्पक्षका लागि थुनामा राखेर मुद्दा अगाडि बढाउने आदेश दिन सक्ने कानुनी प्रावधान रहेको कानुनविद्हरू बताउँछन्।