आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News एमालेको बहुमतको सरकार बन्छ :केपी ओली

एमालेको बहुमतको सरकार बन्छ :केपी ओली

87

काठमाडौं, २१ फागुन —प्रतिनिधि सभा सदस्य निर्वाचन सकिन केही समय बाकी रहदा केपी शर्मा ओली ले निर्वाचनपछि नेकपा एमाले को बहुमतको सरकार बन्ने दाबी गरेका छन्।

सुर्यविनायक नगरपालिका–२ बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालयको मतदान केन्द्रमा प्रतिनिधि सभा निर्वाचनमा मतदान गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले एमालेले स्पष्ट बहुमत ल्याउने बताएका हुन् ।

ओलीले बहुमत नआए पनि एमाले सबैभन्दा ठूलो दल बन्ने जिकिर गरे। उनले आफ्नो नेतृत्वमै सरकार बन्ने विश्वास व्यक्त गर्दै आफू नै प्रधानमन्त्री बन्ने बताएका छन्।

साथै उनले नयाँ र पुराना दलको बहस देशको हितविपरीत भएको टिप्पणी गर्दै मतदातालाई दिग्भ्रमित पार्ने प्रयास भइरहेको आरोप समेत लगाए।