आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News इरानले फेरि गर्‍यो इजरायलमाथि मिसाइल आक्रमण

इरानले फेरि गर्‍यो इजरायलमाथि मिसाइल आक्रमण

106

काठमाडौं, २१ फागुन — मध्यपूर्वमा जारी तनावका बीच इरानले इजरायलतर्फ पुनः मिसाइल प्रहार गरेको पुष्टि भएको छ। इजरायली रक्षा बल (आईडीएफ) ले बिहीबार दिउँसो इरानबाट इजरायलतर्फ मिसाइलहरूको ‘नयाँ लहर’ प्रहार भएको जनाएको हो।

आईडीएफले आफ्नो आधिकारिक टेलिग्राम च्यानलमार्फत जारी गरेको विज्ञप्तिमा देशको हवाई रक्षा प्रणाली पूर्ण रूपमा सक्रिय अवस्थामा रहेको र आकाशमै मिसाइल नष्ट गर्न काम गरिरहेको उल्लेख गरेको छ।

विज्ञप्तिअनुसार सुरक्षा बलहरूले सम्भावित खतरालाई नियन्त्रणमा लिन निरन्तर निगरानी र प्रतिरक्षा कारबाही जारी राखेका छन्।

मिसाइल आक्रमणका कारण इजरायलका विभिन्न शहरहरूमा साइरन बजाइएको छ। सर्वसाधारणलाई तत्काल सुरक्षित स्थान तथा सेल्टरमा जान निर्देशन दिइएको छ। आईडीएफले नागरिकलाई सुरक्षा निर्देशिकाहरूको पूर्ण पालना गर्न र सतर्क रहन आग्रह गरेको छ।

हालसम्म आक्रमणबाट भएको क्षतिको पूर्ण विवरण सार्वजनिक गरिएको छैन। तर पछिल्लो घटनाले मध्यपूर्व क्षेत्रमा बढ्दो तनाव र युद्धको अवस्था झनै गम्भीर बन्न सक्ने संकेत गरेको बताएका छन्।