72
काठमाडौं, १९ फागुन – नेपाली बजारमा मंगलबार सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ भने चाँदीको मूल्यमा गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ हजार ५ सय रुपैयाँले बढेको हो। सोमबार प्रतितोला ३ लाख २६ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन मंगलबार बढेर ३ लाख २८ हजार ६ सय रुपैयाँ पुगेको छ।
यता, चाँदीको मूल्य भने घटेको छ। सोमबार प्रतितोला ६ हजार २० रुपैयाँमा कारोबार भएको चाँदी आज २ सय ५ रुपैयाँले घटेर ५ हजार ८ सय १५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।