82
रामेछाप, १८ फागुन – रामेछाप नगरपालिका–२ सिरुबारीमा सोमबार मतदान सामग्री तथा निर्वाचन कर्मचारी लिएर जाँदै गरेको गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।
घटनास्थलमा प्रहरीका असई पर्शुराम यादव को मृत्यु भएको पुष्टि भएको छ। साथै, घाइते मतदान अधिकृत डोरप्रसाद घिमिरे को मन्थली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ। घिमिरे रामेछाप–२ को वडा कार्यालय भवन, साँघुटार (ख) मतदान केन्द्रमा मतदान अधिकृतको रूपमा खटिएका थिए। उनी रामेछाप नगरपालिका–३ स्थित साँघुटार रुद्राक्षश्वर माध्यमिक विद्यालय का शिक्षक पनि हुन्।
प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा का अनुसार दुर्घटनामा ७ जना घाइते भएका थिए र उनीहरूलाई काठमाडौं हेलिकप्टर मार्फत उद्धार गरिएको छ। दुर्घटनामा प्रयोग भएको गाडीमा निर्वाचन सामग्री र कर्मचारीहरू सवार थिए।
