काठमाडौँ, १८ फागुन – मध्यपूर्वमा चर्किँदै गएको सैन्य तनावबीच Saudi Aramco ले आफ्नो प्रमुख रास तनुरा रिफाइनरी अस्थायी रूपमा बन्द गरेको उद्योग स्रोतहरूले जनाएका छन्।
साउदी अरेबियाको खाडी तटमा अवस्थित रास तनुरा कम्प्लेक्स मध्यपूर्वकै ठूलो रिफाइनरीमध्ये एक हो, जसको दैनिक प्रशोधन क्षमता करिब ५ लाख ५० हजार ब्यारेल रहेको छ र कच्चा तेल निर्यातका लागि अत्यन्त महत्वपूर्ण टर्मिनल मानिन्छ।
स्रोतका अनुसार इरानद्वारा गरिएको भनिएको ड्रोन आक्रमणपछि सुरक्षा एहतियातका रूपमा सञ्चालन रोकिएको हो, यद्यपि कम्पनीले औपचारिक प्रतिक्रिया दिएको छैन। पछिल्लो समय Abu Dhabi, Dubai, Doha, Manama तथा ओमनका केही भागहरूमा समेत आक्रमणका रिपोर्ट सार्वजनिक भएसँगै खाडी क्षेत्रका प्रमुख शिपिङ हब प्रभावित भएका छन्। घटनापछि अन्तर्राष्ट्रिय तेल बजारमा उथलपुथल देखिएको छ र ब्रेन्ट क्रूडको मूल्य करिब १० प्रतिशतसम्म उकालो लागेको अन्तर्राष्ट्रिय बजार स्रोतहरूले जनाएका छन |
यसअघि सन् २०१९ मा Abqaiq र खुराइस भएको ड्रोन तथा मिसाइल आक्रमणले साउदी तेल उत्पादनमा ठूलो असर पारेको स्मरण गराउँदै विश्लेषकहरूले पछिल्लो घटनाले विश्व ऊर्जा आपूर्तिको स्थायित्वमाथि पुनः गम्भीर प्रश्न उठाएको बताएका छन्।