आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News अबुधाबीमा इरानी ड्रोन आक्रमण: गोरखाका दिवस श्रेष्ठको मृत्यु

अबुधाबीमा इरानी ड्रोन आक्रमण: गोरखाका दिवस श्रेष्ठको मृत्यु

92

काठमाडौं, १८ फागुन — संयुक्त अरब इमिरेट्सको अबुधाबीमा भएको इरानी ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु भएको पुष्टि भएको छ। नेपालको परराष्ट्र मन्त्रालयका अधिकारीहरूका अनुसार मृत्यु हुने व्यक्ति गोरखाका २९ वर्षीय दिवस श्रेष्ठ हुन्।

यूएई सरकारले त्यहाँस्थित अबुधाबीस्थित नेपाली राजदूतावासमार्फत नेपाल सरकारलाई मृतकबारे आधिकारिक जानकारी उपलब्ध गराएको हो।
प्राप्त विवरणअनुसार अबुधाबीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय पार्ने क्रममा श्रेष्ठको ज्यान गएको बताइएको छ। उनी सो विमानस्थलमा सुरक्षा गार्डका रूपमा कार्यरत थिए।

यस घटनामा श्रेष्ठसहित तीन जनाको मृत्यु भएको यूएईको विदेश मन्त्रालयले जनाएको छ। घटनापछि त्यहाँको सुरक्षा अवस्था कडाइ गरिएको जनाइएको छ।

नेपाली राजदूतावासका अनुसार परिस्थिति सहज भएपछि श्रेष्ठको शव आवश्यक प्रक्रिया पूरा गरी स्वदेश फिर्ता पठाइनेछ। साथै मृतकका परिवारलाई आवश्यक सहयोग र समन्वय गरिने मन्त्रालयले जनाएको छ |