आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News बीबीसीको भिडियोप्रति प्रत्यक्ष कार्वाही नसकिएपछि कुटनीतिक पहल सुरु- भण्डारी

बीबीसीको भिडियोप्रति प्रत्यक्ष कार्वाही नसकिएपछि कुटनीतिक पहल सुरु- भण्डारी

63

विराटनगर, १५ फागुन – रामप्रसाद भण्डारी, कार्यवाहक प्रमुख निर्वाचन आयुक्तले निर्वाचनको मुखमा बीबीसी ले प्रशारण गरेको नेपालको जेन्जी आन्दोलन सम्बन्धी भिडियो हटाउन कुटनीतिक पहल थालिएको जानकारी दिनुभयो।

भण्डारीका अनुसार सो भिडियोप्रति नेपाली कानुनले प्रत्यक्ष कार्वाही गर्न नमिल्ने भएकाले कुटनीतिक माध्यमबाट समाधान खोजिनेछ। “उक्त भिडियो हटाउन नेपाली कानुन अनुसार नमिल्ने भएकाले कुटनीतिक पहल मार्फत सम्भवतः आजै कार्वाही अघि बढ्छ,” उनले भन्नुभयो।

आयुक्त भण्डारीले निर्वाचन आचारसंहिता उल्लङ्घनसम्बन्धी उजुरीमा कार्वाही फागुन २० गते भित्रै सम्पन्न गरिने स्पष्ट पार्दै १ सय ६५ वटा निर्वाचन क्षेत्रमा परेको १ हजार उजुरीमाथि कार्वाही भइसकेको जानकारी दिए। अन्य उजुरीमाथि पनि निर्वाचन अगाडि कार्वाही गरिने उनले बताए।

आयोगमा परेका २५ वटा उजुरीमाथि फागुन १४ गते कार्वाही प्रक्रिया अघि बढाइसकिएको र बाँकी उजुरीमाथि विश्लेषण, छानबिन तथा कार्वाही प्रक्रिया निरन्तर अघि बढाइने निर्वाचन आयोगले जनाएको छ।