चितवन, १५ फागुन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह ले शुक्रबार चितवन मा आयोजित सभालाई सम्बोधन गर्दै देशभर बन्द रहेका उद्योग तथा कलकारखानाहरू अब जुनसुकै हालतमा सञ्चालनमा आउनुपर्ने बताएका छन्।
व्यंग्यात्मक शैलीमा नेपाली कांग्रेसको सांसदको वाइवाइ फ्याक्ट्रीसँग तुलना गर्दै उनले बन्द रहेको हेटौँडा सिमेन्ट कारखाना जस्तै स्रोतसाधन भएर पनि देश अघि बढ्न नसकेकोप्रति चिन्ता व्यक्त गरे र उद्योग सञ्चालनमार्फत रोजगारी सिर्जना गर्ने लक्ष्यसहित रास्वपा अघि बढ्न चाहेको स्पष्ट पारे।
चुनावी अभियानका क्रममा देशका ४५–५० जिल्लामा करिब ७–८ हजार किलोमिटर यात्रा गरेको अनुभव सुनाउँदै शाहले कृषि र पर्यटन क्षेत्रका समस्या अधिकांश जिल्लामा उस्तै देखिएको तर समाधान देशभित्रै रहेको बताए।
उनले चितवनवासीका समस्या समाधानमा पार्टी प्रतिबद्ध रहेको उल्लेख गर्दै रास्वपाका सभापति रवि लामिछाने चितवनबाटै प्रतिनिधित्व गर्ने भएकाले विकास निर्माणलगायत विषयमा चिन्ता नलिन आग्रह गरेका हुन् |