आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News एमाले उम्मेदवार रिमा यादवद्वारा पर्सा–२ मा घरदैलो अभियान तीव्र 

एमाले उम्मेदवार रिमा यादवद्वारा पर्सा–२ मा घरदैलो अभियान तीव्र 

61

पर्सा, १५ फागुन – नेपाल कम्युनिष्ट पार्टी (एमाले) पर्सा–२ की उम्मेदवार रिमा यादवले बहुदरमाई नगरपालिका अन्तर्गत सिसियाडी, बैरिया र पिपरा टोलमा घरदैलो कार्यक्रम सम्पन्न गर्दै सूर्य चिन्हमा मतदान गर्न मतदातासँग आग्रह गर्नुभएको छ।

घरदैलो अभियानका क्रममा उहाँले स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गर्दै शिक्षा, स्वास्थ्य, रोजगारी तथा सडक–पूर्वाधार सुधारलाई आफ्नो मुख्य प्राथमिकता रहेको बताउनुभयो। “राजनीति सत्ता होइन, सेवा हो। जनताको समस्या बुझेर समाधान गर्ने प्रतिबद्धतासहित म चुनावी मैदानमा उत्रिएकी छु,” यादवले भन्नुभयो।

कार्यक्रममा पार्टीका क्षेत्रीय तथा जिल्ला तहका नेताहरू, युवा तथा महिला संघका प्रतिनिधि, स्थानीय बुद्धिजीवी र कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो। सहभागी वक्ताहरूले पर्सा–२ मा एमालेप्रति जनसमर्थन बढ्दो रहेको दाबी गर्दै रिमा यादवको जित सुनिश्चित गर्न एकजुट भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे।

घरदैलो अभियानका क्रममा टोलीले घरघर पुगेर मतदाताका गुनासा, सुझाव र अपेक्षा सुन्दै विकास निर्माणलाई प्राथमिकता दिने अठोट व्यक्त गरेको थियो। स्थानीय बासिन्दाले विकासमुखी एजेन्डा ल्याउने उम्मेदवारलाई समर्थन गर्ने प्रतिक्रिया दिएका छन्।

एमाले पर्सा–२ का अनुसार घरदैलो कार्यक्रम आगामी दिनमा अन्य वडा तथा टोलहरूमा समेत निरन्तर सञ्चालन गरिने जनाएको छ।