आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home पत्रपत्रिका सुनको भाउ ५ सयले घट्यो, चाँदी १५ रुपैयाँले बढ्यो

सुनको भाउ ५ सयले घट्यो, चाँदी १५ रुपैयाँले बढ्यो

62

काठमाडौं, शुक्रबार १५ फागुन — नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य घटेको छ। अघिल्लो कारोबार दिनको तुलनामा आज सुन प्रतितोला ५ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघ ले जनाएको छ।

महासंघका अनुसार शुक्रबारका लागि छापावाल सुनको भाउ प्रतितोला ३ लाख १४ हजार ९ सय रुपैयाँ तोकिएको छ। अघिल्लो दिन सुन प्रतितोला ३ लाख १५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

यसअघि माघ १५ गते सुनको मूल्य हालसम्मकै उच्च ३ लाख ३९ हजार रुपैयाँ पुगेको रेकर्ड रहेको महासंघले जनाएको छ।
यता, सुनको मूल्य घटे पनि चाँदीको भाउ भने बढेको छ। अघिल्लो दिनको तुलनामा शुक्रबार चाँदी प्रतितोला १५ रुपैयाँले वृद्धि भई ५ हजार ७ सय ४० रुपैयाँ पुगेको छ।